बिर्तामोड ।
झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् । खत्रीले बिर्तामोड–३ का दुई वटा वस्तीमा पुगेर बिहीवार ण्आज) स्वीटर वितरण गरेका हुन् ।
पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले ३ नं. को विराटपोखर र उन्नति रंगशाला टोलमा पुगेर स्वीटर वितरण गरेका हुन् । उनले एक सय जना सन्थाल बालबालिकालाई चिसोयाममा स्वीटर वितरण गरेको जानकारी दिए ।
नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नं.३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नं. ३ का अध्यक्ष कुमार बुढाथोकी, कांग्रेस ३ नं. का सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडासदस्य हरि बाँस्कोटा, युवा व्यवसायी समाजसेवी पदम श्रेष्ठ, रेनुका लिम्बुसहित
स्थानीय अगुवाहरुको सहभागितामा स्वीटर वितरण गरिएको थियो । मजदुरी गरेर जीवीकोपार्जन गर्ने परिवारमा पुगेर स्वीटर वितरण गर्न पाउँदा खत्रीले खुशी व्यक्त गरेका छन् ।