झापा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ३ को तीनतले घरबाट लडेर ४ बर्षिय बालक गम्भीर घाइते भएका छन् । मोरङ बुढीगंगा गाउँपालिका वडा ३ का आकाश अधिकारीको छोरा सुवास अधिकारी आफन्तको कनकाई–३ का लक्ष्मी बरालको घरमा आएको थिए । 

आफन्तको घरमा आएका बालक घरको तीन तला माथिको रेलिङबाट लडेर घाइते भएर बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बालकको अवस्था गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् । उक्त घटना स्थानमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी टोली गएर थप बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।  

संकेत तस्वीर