काठमाडौं । 

भारतीय नम्बर प्लेटको जीप त्रिशूली नदी दुर्घटना अवस्थामा भेटिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट जीप त्रिशूलीमा खसेको थियो ।

मंगलबार (आज) बिहान जीप त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब ८५ मिटर तल खसेको हो ।  त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ ।

केहीबेरअघि गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएपनि कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको जनाएको छ । डुंगासहित त्रिशूली नदीमा परिचालन गरिएको गोताखोरको टोलीले भारतीय नम्बर प्लेटेको बोलेरो गाडी फेला पारेको सशस्त्र प्रहरी बल जनाएको छ ।

  गाडी खोज्न कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जनाको गोताखोरसहित १० जनाको टोली र १७ नम्बर गण चितवनबाट १३ जनाको टोली परिचालन गरिएको थियो । उक्त गाडीलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

संकेत तस्वीर