बिर्तामोड ।

 बिशेष गरेर राजवंशी समुदायले राष्ट्रिय दिवसका रुपमा झापाको बिर्तामोडमा भाक्का दिवस मनाएका छन् । कोच समुदायले विगत सात वर्षदेखि पुस २९ गते भाक्का दिवस मनाउँदै आएका छन् । 

कोच राजवंशी समुदायको लोक परिकार तथा सांस्कृतिक उत्सवका रुपमा दिवस मनाउन थालिएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।उनले परम्परागत परिकारको संरक्षण, खाना पर्यटनको विकास गर्न पनि दिवस मना बताए । उनका अनुसार आदिवासी जनजाति समुदाय राजवंशीमा भाक्काको विशेष महत्व छ ।

झापाको बिर्तामोड, भद्रपुर, राजगढ, मोरङ र सुनसरीका विभिन्न स्थानमा भाक्का दिवसको अवसरमा विविध कार्यक्रम गरिएको थियो । जसमध्ये झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा राजवंशी विकास समितिले विशेष कार्यक्रमको आयोजना गरिएको थियो । 

भाक्का दिवसको अवसरमा आगन्तुकहरुलाई निःशुल्क भाक्का समेत खुवाइको छ । अतिथिका लागि एक सय ५० जना महिलाले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाएका थिए भने एक हजार दुई सय केजी सब्जी तथा अचार बनाइएको थियो । कार्यक्रममा जातीय झाँकीसहित स्थानीय तथा बाह्य कलाकारको लोक सांस्कृतिक नृत्य लगायतका प्रस्तुति रहेको थियो ।

भाक्का दिवसको अवसरमा झापाको कचनकवल गाउँपालिका, हल्दिबारी र भद्रपुर नगरपालिकाले आज सार्वजनिक बिदा समेत दिएका थिए ।