धाइजन । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ मा डेढ दर्जनबढी सामाजिक क्षेत्रमा क्रियाशील तथा कलाकारहरुलाई सम्मान गरिएको छ । पूर्ण मेचे (उप) स्मृति प्रतिष्ठानको प्रथम स्मृति दिवसमा आइतवार (आज) मेचीनगर–१२ स्थित बिचकामत धाइजनमा आयोजित बिविध खेलकूद सञ्चालनसहित सामाजिक ब्यक्तित्वहरुलाई सम्मान गरिएको हो । 

सम्मानीत हुनेमा अभिनेता सुवास मेचे, गायक श्रीकृष्ण लुईटेल (बोकेदाह्ी) अभिनेता विलसन बिक्रम राई (तोक्मेबुढा), कलाकारहरु याम खरेल, अर्जुन पोखरेल,  कुमार सिलवाल, नित्य निर्देशक सुनिल थापा, सन्तोष खवास, सेवीलाल मेचे, सुवेन मेचे, लोकबहादुर मेचे, अर्जुन पोखरेल झापालीलाई प्रतिष्ठानले सम्मान गरेको छ । 

त्यस्तै खेलाडीहरु कालु मेचे, कृष्ण धमला, समाजसेवी रामबहादुर मेचे, सोनालाल मेचे, रघुनाथ पाठकलगायतलार्ई सम्मान गरिएको छ । त्यसैगरी मरणोपरान्त सम्मानबाट स्व. चन्द्रबहादुर थापाका छोरा दिलबहादुर थापा, स्व. बहादुरसिंह मेचेकी श्रीमती पुर्णी मेचे र स्व.शान्तिराम निरौलाका छोरा हरि निरौलालाई सम्मान गरिएको छ । 

samman

सोही कार्यक्रममा बिभिन्न केलकूद प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो । कार्यक्रम अन्तरगत छोटो र लामो दुरीको दौड प्रतियोगिता, फुटवल प्रतियोगिता, कराँते प्रतियोगिता, आलु खेल साथै नृत्य र गायन प्रस्तत गरिएको थियो । 

प्रतिष्ठानका अध्यक्ष विपिन प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । सम्मानीत ब्यक्तित्वलाई प्रमुख अतिथि प्रसाईले सम्मान गरेका थिए । स्वागत मेचीनगर ११ का पूर्व वडाध्यक्ष सन्तोष मेचेले गरेको कार्यक्रमको सञ्चालन कलाकार कृष्ण अनमोलले गरेका थिए ।