लक्ष्मीपुर ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का ३० जना महिलाहरुलाई साडी र टाउजर बितरण गरिएको छ । मेचीनगर–१ बस्ने सामाजिक ब्यक्तित्व महावीर अग्रवालले स्व. श्रीमती रामकली अग्रवालको स्मृतिमा ३० जना आमाहरुलाई सारी वितरण गरेका हुन् ।
अर्जुनधारा–५ स्थित बिहीवारे बजारको दुर्गा हरिहर किर्तन समुहको समन्वयमा आइतवार (आज) अग्रवालले जेष्ठ महिला, बिपन्न, दलित, जनजाती समुदायका महिलाहरुलाई ३० थान साडी वितरण गरेका हुन् ।
दुर्गा हरिहर किर्तन समुहका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा अर्जुनधारा–५ बिहीवारे बजारस्थित सामुदायिक भवनमा अग्रवालले जेष्ठ आमाहरुलाई साडी र टाउजर वितरण गरेका हुन् । अग्रवालकी श्रीमतीको करिब २ बर्षअघि निधन भएको थियो । श्रीमतीको निधनपछि उनको सम्झनामा अग्रवालले प्रत्येक बर्ष समाजका जेष्ठ आमाहरुलाई साडीलगायतका अन्य सामाग्रीसमेत बितरण गर्दै आएका छन् ।
सोही क्रममा यस बर्षपनि अर्जुनधारा–५ का ३० जना जेष्ठ महिलाहरुलाई साडी बितरण गरेको अग्रवालले बताए । कार्यक्रमको सञ्चालन दुर्गा हरिहर किर्तन समुहका सचिव अर्जुन रेग्मीले गरेका थिए ।