• किशोर ढुङ्गेल 

 मिसन ८४ हाल नेपाली राजनीतिको एउटा चर्चित नारा वनेको छ । नयाँ पुराना सवै दलहरुले यति वेला मिसन ८४ को दुन्दुभि वजाउने गरेका छन् । रवि लामिछाने को हर भाषणको नारा, एमालेको मिसन ग्रासरुट होस या मेची महाकाली संकल्प यात्रामा भाषणको मसला, यदाकदा कांग्रेस महामन्त्री गगन थापासमेत मिसन ८४ को वाजा वजाइरहन्छन् !

८४ मा खास त्यस्तो हुनुपर्ने केही छैन, उन्नत लोकतान्त्रिक व्यवस्था अवलम्बन भएको छ । संविधान निर्माण भैसकेको छ, लगभग कार्यनयनको चरणमा छ, सम्भवतः यहि संसदले कार्यनयनमा आवश्यक कानुन पनि वनाई सक्छ । अहिले १४ वर्षको किशोर ८४ मा वयश्क हुन्छ, ८० को वृद्धको चौरासी हुन्छ । सदन अझ त्रिशंकु वन्न सक्ला, अझ धेर  populist हरु निर्वाचित भएर आउलान ? यो भन्दा वढी के होला ८४ मा ??

मिसन चौरासी भन्दै गर्दा यस वारे कुनैपनि दलले स्पष्ट खाका र अवधारणा भने दिन सक्दैन्न, कोहिसँग स्पष्ट कार्ययोजना छैन, रवि लामिछाने ८४ मा बहुमत त माग्छन तर विकासका खाका र राज्य सञ्चालनको कार्ययोजना देखाउन सक्दैन्न । उनको राजनीतिक पुँजी पुराना दलको असफलता हो, उनको जग जनतामा फैलिएको चरम निरासा हो । पुराना दललाई गाली गरेर उदाएका रवि आफू स्वयम् पनि साफशुत्रिय छविका मानिस हैनन् । 

 नागरिकता प्रकरण, राहदानी प्रकरण, सहकारी ठगी प्रकरण उनी माथि लागेका काला धव्वा हुन, तर,आफुलाई लागेका मुद्दा र आफ्नो कमजोरीलाई ह्याकुलाले पलेर दवाउन सकिन्छ भन्ने कुरामा उनी विस्वस्त छन् । त्यसैले कुनै वेला नाकको डाँडी भाँच्ने अभिव्यक्ति दिने लामिछाने हाल भने मुलधारका मिडिया माथि १२ भाईको नामले खनिन्छन ! ओलीले ८४ मै अपार सफलता पाएका हुन, उनको अहमताले तहननहस गरेको हो ,अब उनको जीवनमा आउने भनेको आफ्नै ८४ हो। देउवालाइ ८४ को मतलव छैन ,प्रचण्डले ८०/८१ मै केही गरेर देखाउनु पर्नेछ ! गगनलाई ८४ कुर्ने फुर्सद छैन, उनले ८४ अघि नै केही गरेर देखाउनु छ । राजावादीहरु चाहान्छन ८४ मा चुनावै नहोस यहि अराजकताको विच आफ्नो पुरानो वैभव र सत्ता फिर्ता ल्याउन सकियोस् ।

वास्तवमा, नेपाली समाजको अहिलेको मानसिकता एकदम तरल छ । ८४ मा यसले कस्तो नतिजा देला भन्न सक्ने अवस्था छैन । समाज अहिले Heroism को वाटोमा दुर्गा प्रसाईमा समाजले देखेको नेतृत्व कस्तो हो ? तारा वरालको सामाजिक अभियान कस्तो हो ? वालेनको कालो चश्मामा देखेको नायकत्व कस्तो हो ? रविको जेल लगाएर ठाडो पारेको कपालमा देखेको चमत्कारिकता के हो ? रेखा थापामा देखेको राष्ट्रवाद कस्तो हो ?  यो बुझ्न सकिने अवस्था छैन, तर यो कुरा स्पष्ट छ कि, समाजमा लोकप्रिय अराजकतावाद बढदो छ । जो तल्लो हदमा झरेर गाली गलौचमा उत्रिन सक्यो उ Viral नेता कहिन्छ । कुनै समय राजनीति गणेशमानको अडानले चल्थ्यो, मदन भण्डारीको विचारले चल्थ्यो, गिरिजावावुको सहास र नीतिले चल्थ्यो, किशुनजी र मनमोहनको सादगीले चल्थ्यो ! अब यी कुुरा फगत इतिहास मात्रै हुन । अब राजनीति नीति, विचार, सिद्धान्तमा चल्दैन वस, Heroism र Stunt ले चल्छ ।


 निराशाजनक परिस्थितिवाट प्रताडित भएका जनताले चम्किलो भ्रम बोकेर आउने जोकोहि नेता वन्न सक्छ । विवादास्पद विगत, छलपूर्ण वर्तमान र गन्तव्य विहिन भविष्यको यात्रामा हाँकिएका रास्वपा नेता हरुलाई सुुशासनको पर्यायका रुपमा प्रकटित हुनु झन उदेग लाग्दो परिस्थिति हो । गणतन्त्र अघि, शेरवहादुर, रामचन्द्र, केपि ओली, माधव नेपाल र गणतन्त्रपछि प्रचन्ड, वावुरामको निर्लज्ज नाटकवाट आजित भएका जनताले रवि लामिछानेलाई आँखा चिम्लिएर पत्याएको अवस्था छ । शेरवहादुर, प्रचण्ड र ओलीले सुुशासनको वाटोमा कहिल्यै नफर्किने गरि पुल भत्काइसके । यो पुनरुत्थानवादीहरुको लागि खुसीको कुरा हो । भारत नेपालको आन्तरिक किचलोको लागि सधैको आकांक्षि हो । यी सवैका लागि रवि उपयुक्त पात्र वन्न सक्छन् ।

चौरासी आउन अझै ४ वर्ष वाँकि छ । चौरासी आउँछ कि आउँदैन ? आए कसरी आउँछ ? अहिले संसारभर दक्षिणपन्थी लोकप्रियतावादको उफान छ । खासमा, मिसन ८४ चम्किलो भ्रम हो ! ८४ मा रवि, वालेन, या अझ populist कुनै पात्रको उदय हुन सक्छ । त्यस पछिको यात्रा फाँसिवादतर्फ कै हुनेछ ! अतिप्रिय लोकप्रियतावादका अनुयायीहरु वल्छिमा चारो निल्न हिँडेका जलचरहरु हुन ! फाँसिवादको यात्रामा निस्किने हरुलाई आफ्नो पतनको तमसुकमा हस्ताक्षर गर्ने अधिकार छ ! अनी, ८४ को रंगिन सपना देखिरहेका आँखाहरु वादलले छेकिने छन !!