झापा । 

म्यानपावर कम्पनीहरुलाई दक्षिण कोरियामा कसैलाई  पनि सीपयुक्त दक्ष श्रमिकले पाउने प्रवेषाज्ञा ई–७ भिसामा कामदार पठाउने अनुमती नदिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

 केही सञ्चारमाध्यममा म्यानपावरमार्फत ई–७ भिसामा नेपाली श्रमिक पठाउन दिने तयारी गरेको सामाचार सार्वजनिक भएको भन्दै मन्त्रालयका प्रवक्ता राजीब पोखरेलले ई–७ भिसा बारेमा अध्ययन जारी रहेको जानकारी दिएका छन् ।  

मन्त्रालयले दक्षिण कोरियामा कसैलाई  पनि सीपयुक्त दक्ष श्रमिकले पाउने प्रवेषाज्ञा ई–७ भिसा अन्तर्गत कामदार पठाउने अनुमति नदिइएको स्पष्ट पारेको छ ।

हाल ईपीएसबाहेक अन्य प्रक्रियाबाट दक्षिण कोरियामा नेपाली कामदार जान अनुमति नरहेको उनले बताएका छन् । कसैले ई–७ भिसामा पठाउने प्रलोभनमा पारी रकम माग गरेमा नजिकैको प्रहरी चौकीमा खबर गर्न पनि प्रवक्ता पोखरेलले आग्रह गरेका छन् ।