बिराटनगर ।
मोरङको बिरानटनगर महानगरपालिका–१६ मा रहेको दुर्गा मन्दिरको प्राङ्गणमा सामुदायिक प्रहरी सेवाकेन्द्र रानीको आयोजनामा कम्बल बितरण गरिएको छ ।
शुक्रवार (आज) बिहान समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्याक्ष अजिता देवकोटा बास्तोलाको बिशिष्ट आतिथ्यमा कम्बल बितरण गरिएको हो ।
बिराटनगर महानगरपालिका वडा नं. १२, १३, १४, १५, १६, १७ र १८ मा रहेका अल्पसंख्यक समुदायका बिपन्न, गरिब, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरु समेत २ सय जनालाई जाडोका लागि कम्बल वितरण गरिएको थियो ।
इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानिय जन प्रतिनिधि, सञ्चारकर्मीहरु, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक छेदिलाल कामती, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीलगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।