झापा । 

बैदेशिक रोजगार ब्यवसायीका दुईवटा संस्थाले सिण्डिकेट र अंग्रेजी भाषा परीक्षाको विरोध गरेका छन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाल र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले वैदेशिक रोजगारमा जाने कामदारमाथिको आर्थिक भार अस्वीकार्य रहेको बताउँदै बिरोध जनाएको छन् । 

बैदेशिक रोजगारीको मुख्य गन्तव्य मानिएको साउदी अरेबिया जाने नेपाली श्रमिकको भिषा प्रक्रियामा बायोमेट्रिक प्रणालीका नाममा नयाँ संयन्त्रको सिर्जना गरी विपन्न अवस्थाका श्रमिकमाथि आर्थिक भार थोपर्ने र अंग्रेजी भाषा परीक्षा अनिवार्य गरेर कामदारबाट चर्को शुल्क असुल्ने चलखेल भइरहेको भन्दै दुवै संस्थाले आपत्ति जनाएका हुन् ।

प्रगतिशील मञ्चका अध्यक्ष जनक रावल, महासचिव मिलन कट्टेल र गणतान्त्रिक मञ्चका कार्यबाहक अध्यक्ष प्रमेश्वर अधिकारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै व्यवसायी र कामदारका विरुद्ध हुने एकाधिकार तथा सबै प्रकारका सिण्डिकेटहरुको विपक्षमा उभिने बताउँदै आपत्ति जनाएका छन् ।

व्यवसायीको अधिकार रक्षाका लागि सीमित व्यक्तिको स्वार्थ पूर्तिका लागि खडा गरिने सिण्डिकेटका विरोधमा शसक्त प्रतिवाद गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।