झापा । 

गुरुङ समुदायको पर्व  ‘तमु ल्होसार’ को अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । प्रत्येक बर्ष पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गरेका छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । 

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसार पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।