मोरङ।
मोरङको बिराटनगर महानगरपालिका–१५ ढाटबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थपअनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ ।