झापा ।
झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ मा आगलागी हुँदा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । गौरीगञ्ज–१ का सूर्य सन्तोषी के.सी.को १ बिघा १६ कठ्ठाको धानको कुन्यूमा आगलागी हुँदा धानको कन्यु जलेर नष्ठ हुँदा उक्त रकमबारको क्षति भएको हो ।
आगलागी सोमबार (आज) दिउसो अन्दाजी १ः३० बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
केसीको १ बिघा १६ कठ्ठाको धानको कुन्यू नजिकै रहेको धानको परालको झ्यासमा आगो लगाउँदा अचानक धानको कन्यूमा सल्किएर आगलागी भएको थियो ।
आगलागीबाट धान पुर्ण रुपमा जलि नष्ट भएको बताइएको छ । आगलागीबाट अन्य मानविय क्षति नभएको र आगो स्थानियबासी प्रहरी र शिवसताक्षी नगरपालिकाको दमकलको सहयोगमा ३ः४० बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।