बिर्तामोड । 

स्वीकारोक्ति फाउन्डेशनले ११ औं बार्षिकोत्सवका अवसरमा खुसी, शान्ति र सत्भाव फैलाउने उद्देश्यका साथ ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अभियान सञ्चालन गर्ने भएको छ । 

‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अन्तरगत नेपाल र भारतको विभिन्न स्थानहरुमा स्वीकारोक्ति दर्शन सम्बन्धि बिभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने फाउण्डेशनले सोमवार (आज) बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । 

‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर बिगत ११ वर्षदेखिे निरन्तर अस्तित्वहरूको न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धिको रुपमा फाण्डेशनले कार्यक्रम गर्दै आएको फाउण्डेशनका अध्यक्ष डेम्जोङ साम्पाङ राईले जानकारी दिए। यात्रामा बिभिन्न स्थानहरूमा वृक्ष रोपण, अनुदान, बहस, छलफलहरु र विद्यार्थीहरूसँग कार्यशाला गोठिी समेत गरिने जनाइएको छ ।  

स्वीकारोक्ति विश्व यात्रा २०२३ को यात्रामा वातवरण संरक्षण तथा शान्तिको सन्देश प्रवाह गर्न करिब एक सयभन्दा बढी साइकल यात्रीद्वारा काठमाडौँको विभिन्न स्थानहरुमा परिक्रमा गरि सम्पन्न गरिएको  साथै सडक पेटिमा भोकै सुतेका करिब एक सय ३० जना असाहायलाई खाना समेत वितरण गरिएको अन्तराष्ट्रिय समन्वय तथा कार्यक्रम योजना प्रमुख कर्ण गुरुङले जानकारी दिए । उनका अनुसार नेपालका लागि औपचारिक रुपमा झापाको बेलडॉगी क्यामबाट आज स्विकारोक्ति विश्व यात्रा शुरु गरिएको छ ।

झापा, सुनसरी, मोरङ, इलामलगायत नेपालका विभिन्न स्थान हुँदै भारतको आसाम राज्यको गुहाटी, सिक्किमको गेन्टोक र दार्जीलिङको सिलिगुडीमा कार्यक्रम सम्पन्न गरेर पुनः काठमाडौँमा आगामी  मंसिर २८ र २९ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन काठमाडौँसँगको सहकार्यमा दुईदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनपछि यात्राको समापन हुने ग्लोबल टुरका को–अडिनेटर अर्जुन उप्रेतीले बताए । 

यात्रासँगसँगै हुने कार्यक्रमहरु मध्ये नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व लीलबहादुर क्षेत्री ‘स्वीकारोक्ति सिध्दि पुरस्कार’ हस्तान्तरण गरिने जनाइएको छ । उक्त पुरस्कारको राशी छ लाख रुपैयाँ रहेको छ । त्यस्तै झापाको बिर्तामोडमा आगामी मंसीर १४ गते बृहत साहित्यिक तथा सम्मान कार्यक्रम गरिने बताइएको छ । काठमाडौँमा हुने दुई  दिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनमा  प्रधानमन्त्री श्रीपुष्पकमल दाहालको प्रमुख आतिथ्य रहेनसमेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

फाउण्डेशनले अभियान अन्तरगत २०२३ मा नेपाल र भारका बिभिन्न स्थानको भ्रमण र बिभिन्न कार्यक्रम, २०२४ मा अमेरिका र क्यानाडा र २०२५ मा युरोपका १० वटा देश गर्दै क्रममा विश्व भ्रमणसहित बिभिन्न कार्यक्रम गर्ने जनाइएको छ । फाउडेशन गैरराजनीतिक, गैर्धर्मिक, गैरनाफामुखी, संस्था स्वीकारोक्ति फाउन्डेशन जनाइएको छ । पत्रकार सम्मेलनको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् ।