हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ स्थित सरस्वती टोलमा जंगली हात्तीले पसल तोडफोड गरी क्षति पुर्याएको छ ।
शनिवार (आज) बिहान ४ बजेको समयमा आएको जंगली हात्तीले हल्दिबारी–२ सरस्वती टोलका हरिप्रसाद आचार्यको काठको घुम्तीमा मनकुमारी मगरले सञ्चालन गर्दै गरेको किराना पसलमा तोडफोड गरी पसलका सामान खाएको हो ।
एउटा जंगली हात्ती आएर उक्त घुम्ती तोडफोड गरेर पसलमा रहेको चाउचाउ, बिस्कुट, चकलेट, मुरै, चिनी, दाल लगायतका सामान खाएर अन्दाजी ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घुम्ती तोडफोड गरी सामान आएर हात्ती जंगल तिर नै गएको बताइएको छ ।