झापा । 

झापाबाट चोरी मुद्दामा फरार एक जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय आर्यन भन्ने कासिम शेख रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो । 

झापा जिल्ला अदालतको मिति २०८०/०३/०७ गतेको फैसला अनुसार चोरी मुद्दामा ४ महिना कैद र .७ हजार जरिवाना, २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका थिए ।े पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।