झापा । 

बैदेशिक रोजगारीका लागि सवैभन्दा धेरै कामदार पठाउने म्यानपावर कम्पनीहरुको बिबरण सार्वजनिक भएको छ । बैदेशिक रोजगार बिभागले प्रत्येक महिना बैदेशिक रोजगारका लागि बिदेश जाने कामदारहरुलाई पठाउने म्यानपावरहरुको विवरण सार्वजनिक गर्ने गरेको छ । सोही क्रममा कार्तिक महिनामा पनि कुन म्यानपावर कम्पनीले कति कामदार पठाएका छन् त्यसको बिबरण सार्वजनिक गरेको हो । 

कात्तिक महिनामा धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा सपोर्ट ह्युमन रिसोर्स प्रालि रहेको छ । उक्त म्याननपावर कम्पनीले कात्तिक महिनामा करिब चार सय कामदारको श्रम स्वीकृति लिएको छ । त्यस्तै कात्तिक महिनामा धेरै कामदार पठाउने दोस्रो स्थानमा वाईड स्पेस इन्टरनेशनल प्रालि, र तेस्रोमा नील कमल ह्युमन रिसोर्स प्रालि छन् ।  

जसमा सपोर्ट ह्युमन रिसोर्स ३८२ जना,  वाईड स्पेस इन्टरनेशनल २९५ जना, नील कमल ह्युमन रिसोर्स २८४ जना, बेष्ट रिक्रुटमेन्ट सर्भिस २६५ जना, आकर्षण इन्टरनेशनल २५८ जना, एसओस म्यानपावर सर्भिसेज २४३ जना, एयर किंग्स प्लेसमेन्ट २२७ जना, अञ्जली ओभरसिज सर्भिस २२३ जना, डिके रिभर ओभरसिज १८६ जना, कतार इन्टरनेशनल म्यानपावर १८५ जना, एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट १८३ जना, मनास्लु इन्टरनेशनल सर्भिस १८२ जना, इण्डो अरब म्यानपावर १७४ जना, लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस १७२ जना, प्याराडाइज इन्टरनेशनल १७१ जना, एसपीएम ओभरसिज १६४ जना, सान नेपाल १४६ जना, शिखर इन्टरनेशनल ओभरसिज १४३ जना कामदार पठाएको छन् । 

त्यस्तै शिवाकोटी म्यानपावर सर्भिस १४१ जना, सागर रिक्रुटमेन्ट १४० जना, पर्फेक्ट रिक्रुटिङ सर्भिस १३६ जना, गोर्खा ह्युमन रिसोर्स सोलुसन १३१ जना, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट १२७ जना, मास ह्युमन रिसोर्स १२७ जना, गल्फ म्यानपावर सर्भिस १२५ जना, नाइस रिक्रुटमेन्ट एजेन्सी १२४ जना, फ्रन्टलाइन रिक्रुटमेन्ट ११९ जना, अल जारफा ह्युमन रिसोर्स कन्सल्ट्यान्ट १२२ जना, दि रिभर ओभरसिज ११७ जना, ट्रष्ट नेपाल ओभरसिज ११७ जना, इशान इन्टरनेशनल ओभरसिज ११४ जना, वल्र्ड वाइड इम्प्लाइमेन्ट कन्सल्ट ११३ जना, स्काइ ओभरसिज सर्भिस १०८ जना, ब्रोदर्स इन्टरनेशनल इम्लाइमेन्ट १०८ जना, जब सिकर म्यानपावर १०६ जना, इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट १०५ जना र पाल्ही ओभरसिजले १०३ जना बिभिन्न मुलकमा पठाएको बिबरण प्राप्त भएको छ । अन्य म्यानपावर कम्पनीलेले पनि कामदार पठाउँदै आएका छन् ।