मोरङ ।
मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन प्रदेश परिषद् कोशीको बैठकले मानवअधिकारलाई सबै गतिविधिसँग जोड्ने निर्णय गरेको छ ।
कात्तिक २२ गते विराटनगरमा बसेको बैठकले मानवअधिकारलाई प्रदेश र स्थानिय तहले गर्ने सबै गतिविधिसँग जोड्ने निर्णय गरेको परिषद्का संयोजक तथा कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार बैठकले कोशी प्रदेशका प्रत्यक मन्त्रालय र स्थानिय तहमा मानवअधिकार फोकल पर्सन तोक्ने निर्णय पनि गरेको बताए । यस्तै कोशी प्रदेशमा मानवअधिकार संस्कृतिलाई प्रबद्र्धन गर्ने निर्णय पनि बैठकले गरेको बताए ।
काफ्लेले प्रदेश र स्थानिय तहले मानवअधिकारको प्रबद्र्धन गरिरहेको भए पनि मानवअधिकारको पाँचौं राष्ट्रिय कार्ययोजनाले निर्धारण गरेको लक्षलाई जोड्न नसकिएको बताए । अब, प्रदेश र स्थानिय तहले मानवअधिकारको पाँचौं कार्ययोजनालाई कार्यान्वनका लागि भूमिका निर्वाह गर्ने पनि काफ्लेले बताए ।