बिर्तामोड ।
दक्षिण एशिया सबैका लागि सुरक्षा र स्वास्थ्य परियोजनाले बिर्तामोडमा बुधवार (आज) अन्तरक्रिया गरेको छ । परियोजनाले वुधवार(आज) स्थानीय सरकार, वाणिज्य संघ, चिया तथा अलैंची महासंघ, उद्योग स्तरमा गठित स्वास्थ्य र सुरक्षा समितिका सदस्य तथा सरोकारबालाबीच चिया तथा अलैंची उद्योगहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रर्वधन सम्वन्धमा अन्तरक्रिया गरेको हो ।
झापा उद्योग संघका अध्यक्ष ज्ञानवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा व्यापार समितिका अध्यक्ष उमेश डालमियाको प्रमुख आतिथ्य रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य कानून तथा नीतिका विषयमा हंसराज पाण्डे, व्यवसाय जन्य सुरक्षा र स्वास्थ्यको अवस्थाका वारेमा सहायक निर्देशक हरि पौडेल र व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य अन्तर्राष्ट्रिय मापदण्डका वारेमा बन्दना अर्यालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिका रुपमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन परियोजनाका फिल्ड अधिकृत देवीप्रसाद कोइरालाले गरेका थिए ।