झापा ।
झापाको बिर्तामोडबाट प्रतिबन्धित लागुऔषधसहित चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका वडा नं.८ गरामनी स्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे ३ प ६४०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा अस्थाई प्रहरी चौकी गरामनीबाट प्रहरी टोली गएर बुझ्दा मोटरसाइकल चालक बिर्तामोड–२ का २५ बर्षिय प्रतिक राई चोट पटक नलागेको र नसालु पदार्थ सेवन गरेको जस्तो देखिएकोले चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।
चेकजाँचको क्रममा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ३ ग्राम ४८० मिलिग्राम फेला पारी नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी अर्जुनधारा–११ नयाँ बसपार्कमा कोठा भाडा लिएर बस्ने भारत राज्य बिहार जिल्ला अररिया बतनाहा भटयाही वडा नं.२२ घर बताउने अन्दाजी १९ बर्षिय प्रियन्सुकुमार मण्डल, सोही स्थान जोगवनी खजुरवाडी वडा नं.१५ घर १९ बर्षिय मोहम्मद लाल भन्ने साहिल सेख र सोही स्थान घर बताउने २३ बर्षिय मोहम्मद काजीम आलमले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्रयोग गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चेक जाँच गर्दा उनीहरुले बोक्ने कालो ब्याग (झोला) भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १४ ग्राम ३२० मिलिग्राम फेला परेका थियो ।
उनीहरुको साथमा रहेको लाग्रऔषध बरामद गरी उक्त बरामद लागुऔषधहरु सहित ४ जनालाई नै नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।