झापा । 

झापाको कनकाई नगरपालिका ३ र ७ बाट ४ जनासहित ५ जना चोरी आरोपमा पक्राउ परेका छन्। झापाको कनकाई नगरपालिका ३ बाट मंगलवार (आज) स्थानीय टप्पुको एक घरमा राखिएको टायल्स चोरी गर्ने स्थानीय २२ बर्षिय सलिम आलम र ३० बर्षिय बिमल पाठक तथा कुखुरा चोरी गर्ने इलाम माई नगरपालिका ८ घर भएका २९ बर्षिय निस्तेमा शेर्पा तथा पसलको तौलिने ढक तराजु चोरी गर्ने शिवसताक्षी नगरपालिका १० का २४ बर्षिय धिरज साहलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाले चोरी कार्यमा सग्लनहरुलाई पक्राउपछि आवश्यक कार्वाहीको प्रक्रिया अगाडि वढाइएको जनाएको छ । यता सोमवार दिउसो झापा हल्दिवारी गाउँपालिका ४ मा बच्चा चोरी गरेको आरोपमा एकजनालाई स्थानीयले पक्राउ गरेका छन ।

स्थानीय रुद्र मैनालीको चिया बगानमा काम गर्ने मजदुर लोकमान र लक्ष्मी राईको १० महिने बच्चालाई सुताएको स्थानबाट झिकेर लैजान लाग्दा स्थानीयले देखेर प्रहरीलाई बुझाइदिएको जिल्ला प्रहरी कार्यालय झापा जनाएको छ ।  बच्चा चोरीको आरोपमा पक्राउ गरिएका भारत इस्लामपुर घर भएका २५ बर्षिय बुद्ध उराउलाई पक्राउ गरि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।