झापा ।

 जाजरकोट केन्द्रबिन्दु भएर फेरि सोमवार (आज) अपरान्ह ४ बजेर ३४ मिनेटमा भूकम्प गएको छ । जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

भूकम्पको धक्का काठमाडौँमासमेत महसुस गरिएको बताइएको छ ।

गत शुक्रबार राति रामिडाँडा केन्द्रिबन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ भने धेरै जनधनको क्षति साथै प्रभावित भएका छन् ।