झापा । 

बहुविबाह मुद्दाका फरार एक जना प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा साबिक सुरुङ्गा गाबिस वडा नम्बर ५ हाल कनकाई नगरपालिका वडा नं.३ का ४२ बर्षिय हरी भन्ने प्रेमप्रसाद अधिकारी छन् । 

बहुविबाह मुद्दामा झापा जिल्ला अदालतको मिति २०६७/०५/०६ मा भएको फैसला तथा सो फैसला सदर गर्ने गरी तत्कालिन पुनरावेदन अदालत इलामको मिति २०७१/१०/२७ गतेको फैसलाअनुसार १ बर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिबादी पक्राउ परेका हुन् । 

फरार प्रतिबादी अधिकारीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले शनिवार पक्राउ गरेको थियो । पक्राउ गरिएका अधिकारीलाई आइतवार फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।

उनलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।