झापा । 

हात्तीको बङ्गारा जस्तो बस्तुसहित प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ स्थित जरुवा टोलका ४७ बर्षिय  तिखबहादुर बिश्वकर्मा र सोही स्थानका ५० बर्षिय शावा लिम्बु रहेका छन् । 

विश्वकर्माको घरमा हात्तीको बङ्गारा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा बिहीवार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरी चौकी शनिश्चरेको प्रहरी टोलीले विश्वकर्माको घरकोठामा खान्तलासी गर्दा किराना पसलमा लुकाएर राखेको हात्तीको बङ्गारा जस्तो देखिने ७  इन्च लम्बाई, १२ इन्च गोलाई र १ केजी ७९० ग्राम तौल भएको बस्तु फेला परेको थियो । 

सोधपुछका क्रममा उनले सोही स्थानका शावा लिम्बुको घरबाट ल्याई राखेको भनेर बताएपछि लिम्बु समेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त बस्तु र दुवै जनलाई आवश्यक कार्वाहीको लागि शुक्रवार जिल्ला वन कार्यालय झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।