झापा । 

झापाको मेचीनगर नगर नगरपालिका वडा नम्बर ६ स्थित मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित बिहीवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतको पानीटंकीबाट नेपाल तर्फ आउँदै गरेको को.१४ प.४७६१ न.को मोटरसाईकललाई शंका लागेर चेकजाँच गर्दा मोटरसाईकलको हेण्डिलको बाँया साईडको प्वालमा कालो रंगको प्लाष्टिकमा राखिएको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ७ ग्राम फेला परेकोले थियो । 

ब्राउन सुगर फेला परेपछि मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ५ का ३२ बर्षिय भुपाल तामाङ र मोटरसाइकल पछाडी सवार सोही स्थानका २१ बर्षिय सिजन तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । 

मोटरसाइकलसहित नियन्त्रण गरिएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।