झापा ।
झापाका बिभिन्न स्थानबाट प्रहरीले २ लाख ५५ हजार रुपैयाँ बराबरको बेवारिसे र भञ्सार छलेर ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएको छ । प्रहरीले झापाको दमक र मेचीनगर नगरपालिकाबाट बुधवार उक्त सामाग्री नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली र झापाको दमक नगरपालिका वडा नं. ५ सगरमाथा पेट्रोलपम्पस्थित राजमार्गमा बेवारिसे अवस्थामा रहेको अवैध सामानहरु कुर्थाको सेट, भेष्ट, बच्चाको भेष्ट, तौलिया, म्याक्सी, सल र सर्टको कपडाहरु १ लाख १५ हजार रुपैयाँ बराबरको बरामद गरेको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.१५ किसान कामत टोलमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गरेको १ लाख ४० हजार रुपैयाँ बराबरको ४५० पिस जेन्स टि–सर्ट फेला पारी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको सबै सामानहरु आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।