धनकुटा ।

 धनकुटा जिल्लाको बिभिन्न स्थानमा अवैध रुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आइरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १४ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका र साँघुरीगढी गाउँपालिकाका बिभिन्न स्थानहरुबाट करिव २० हजार ६ सय वटा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको हो ।

अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । 

तस्बीर गुगलबाट