झापा । 

बैंकिङ कसुर मुद्दामा एक करोड रुपैयाँ जरिवाना भइ फरार रहेका झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३७ बर्षिय तुलसी फुयल  रहेका छन् । 

उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७९/१२/०८  गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा १ महिना कैद र एक करोड जरिवाना र चार लाख रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भइ फुयल  फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले मिति मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका फुयललाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।