झापा ।
बिराटनगरमा पहिलो पटक जनावरहरुको सौन्दर्य प्रतियोगिता हुने भएको छ । मान्छे र जनावर बीचको सम्बन्धलाई सुदृढ गर्न र विराटनगरमा उद्धार गरिएका जनावरहरूको लागि शेल्टर होम शुरु गर्ने भिजनका साथ एलिना एनिमल्स प्रिजर्भेसन नेपालले उक्त कार्यक्रमको आयोजना गर्न लागेको आयोजक टिम बताउछन् ।
उक्त कार्यक्रममा घरमा पालिएको जनावर जनावर बीचमा प्रतिस्पर्धा हुने छ । यस कार्यक्रममा आफनो जनावरलाई निस्शुल्क दर्ता गरेर प्रतियोगितामा प्रतिश्प्रधी बनाउन सकिने छ ।
प्रतिश्प्रधामा उत्कृष्ट जनावरले विभिन्न पुरस्कार प्राप्त गर्ने छन र सथै निःशुल्क पशु चिकित्सक परामर्श पनि उपलब्ध गराउने उक्त कार्यक्रमका आयोजक एलिना प्रसाईं र साहिल प्रसाईले बातएका छन् ।
कार्तिक २३ गत्ते बिराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्म्पन्न हुनेछ ।