बिराटनगर।

मोरङ, झापा र तेह्रथुमबाट आतबार प्रहरीले ३ जना फरार प्रतिवदीलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सर्वोच्च अदालतको मिति २०८०।१।०५ गतेको फैसला आदेशले ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद तोकिएका दुहवी नगरपालिका–१२ पूर्व कुशाहाका सत्यनारायण यादवलाई पक्राउ गरेको हो ।

त्यसैगरी जिल्ला अदालत तेह्रथुमको मिति २०७८।०५।१५ गतेको  फैसला आदेशले जबरजस्ती करणी मुद्दामा फरार प्रतीबादी तेह्रथुमको फेदाप गाउँपालिका–२ का ४८ बर्षिय सुबास चन्द्र लिम्बुलाई पक्राउ गरेको हो । 

त्यसैगरी ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागु औषध मुद्दामा जिल्ला अदालत झापाको सजाय निर्धारण फैसला आदेशले ४ दिन कैद र २००० रुपैयाँ जरिवाना तोकिएका झापाको गौरादह नगरपालिका–५ का २२ बर्षिय दिनेश अधिकारीलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागि  जिल्ला कारागार पठाएको कोशी प्रदेश प्रहरी कार्यालय जनाएको छ ।