झापा । 

झापाको दमक नगरपालिका वडा नम्बर ८ का २८ बर्षिय फरार प्रतिवादी मोहन साहलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको मिति २०८०/०६/२४ गतेको फैसला अनुसार डाँका गरेको मुद्दामा ६ महिना कैद, २० हजार जरिवाना र पिडित राहत कोषमा ४०० रुपैयाँ जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका फरार प्रतिबादी साहलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले गत असोज ५ गते साहलाई पक्राउ गरी आइतवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो ।

अदालतको आदेश अनुसार कैद भुक्तानको लागि प्रतिवादी साहलाई कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।