बिराटनगर।
सुनसरी र झापाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–११ स्थित दक्षिणबाट उतरतर्फ जाँदै गरेको को ४ प ९१७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को २४ प १७५८ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्दिा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर को ४ प ९१७८ नम्बरको मोटरसाईकल चालक स्थानिय ५० बर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । त्यसैगरी आज बिहान साढे २ बजे सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थितमा प्र. १–०२–०४७ प ७७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटाको शहिदभूमी गाउँपालिका–१ का ४९ बर्षीय हरिभक्त राई घाईते भएका थिए । घाइते उनलाई उपचारको लागि धरानको घोपा क्याम्प लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसका साथै शुक्रबार साँझ ७ बजे झापाको गौरीगंज गाउँपालिका–५ स्थित पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को २८ प ३०८६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को २८ प ३०८६ नम्बरको मोटरसाईकल चालक मोरङको रतुवामाई नगरपालिका–७ महदेवाका ६० बर्षिय कैलाप्रसाद ताजपुरियाको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको छ ।