- बिमल भारती
चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन् । हर्षोल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ । त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
तर हामी प्रदेशीहरुको भने बेग्लै बिडम्बना छ । बिगत केही बर्षदेखि प्रदेशमा बसेर यो चाडपर्वमा आफ्नो परिवारका साथ बसेर आफुभन्दा ठूलाबडाको आशिर्वाद थाप्ने अनि परिवारसँग चाडवाड मनाउने सपनामा मात्र सिमित रहने महसुस हुनु स्वाभाविक नैै हो ।
सुखको खोजीमा बिदेशीएका हामी प्रदेशी आज दुःखको कुरा गर्दा लेख्न बाध्य भएको छु । रोग, भोक र घर परिवारलाई सुखमा राख्ने सपना बोकेर बिदेशीएका हामी हाम्रा नेपालका दलालको परी फन्दामा परेर भने जस्तो काम छैन, भने जस्तो कमाई छैन भने जस्तो खान बस्ने सुबिधा छैन, कठोर यातनाका बिच काम गर्दा नि भनेको बेला छुट्टी नपाउँदा के दशै के तिहार गहँभरी आँसु बगाउँन अनि ति दुःखमा बसिरहेका बुढा बा–आमा अनि श्रीमती आफ्ना छोरा छोरीलाइई सम्झेर अर्काको देशमा आसुु बगाउनु शिवाय अरू केही छैन ।
आफ्नो देशमा रोजगारीको सिर्जना गरी दिएको वा भइदिएको भए किन रोजगारको सिलसिलामा हामी बिदेशीने थियौं र ? बिदेशीएका हामी आफ्नै देशमा केहि गरि खान सक्ने लगनसील लाखौँलाख युवा युवती अर्काको भुमी सजाउन जाने थिएनन । खाडी मुलुकको त्यो तातो घाममा पसिना बगाउने कठै हामी प्रदेशी कति सहन सक्छौँ ! आउँ फर्क अब आफ्नै देशमा केहि बसौ भने नेपालको सम्बिन्धित निकाय बुझिसक्नु छैन । यसरी दुःख गरे आफ्नै देशमा सुन फलाउँन सकिन्छ भनौ भने देशको हालत बुझिनसक्नु छैन ।
यहि सामाजिक संजालमा अरुको खुशी हेरि चित्त बुझाउनु बाहेक अरु केहि रहेनछ । हामी प्रदेशीहरुलाई कति पिढा होला ? हामी प्रदेशी पनि त्यहि नेपाल आमाको सन्तान होनि यो दैब भगवान पनि कति निर्दहि हुनुहुन्छ भनि सोच्न बाहेक अरु कुनै विकल्प छैन ।
मैले मेरो बाल्यकालको दशै नेपालको बिकट जिल्लाहरु मध्य भोजपुर जिल्लाको कुलुङ गाबिस वडा–५ साबिक साल्पासिलिचो भन्ने ठाउँमा सामान्य परिवारमा जन्म भइ मेरो बाल्यकाल पनि सामान्य नै बित्यो ।
मलाई हिजोअस्ति जस्तो लाग्छ आहा ! त्यो बाल्यकालका बालापनको दशै, त्यो गाउँ घरको अर्गानिक दशै अनी त्यति नै रमाइलो दशै । उबेला टाढा देश भनेको भारत, दिल्ली, मुम्बई, अनि सिलाङ कोइलाखातसम्म जाने चलन थियो र केहि पढेलेखेका काठमाडौँ तिर जागिरे थिए । ठाँटकाँटका साथ दशैंमा गाउँ घर आउँथे । बाँकीको पेशा खेतीपाती नै हुने गरेकोले जीवन शैलीमा एक रुपता थियो । अनि मेरो बुबा पनि भारतको मुम्बई नै रोजाईको लागि जानुहुन्थ्यो । दशै आएपछि खुसी लाग्थ्यो बुबाले नयाँ लुगा ल्याइदिनु हुन्छ भनेर छर छिमेकिका आफ्न्त टेपबोकेर आउने चलन थियोे दशै मनाउन दशै आएसँगै गाउँ र घर वरपरको घारी भएको बाटाहरु सरसफाई बाटो–घाटो मर्मत गर्ने रातो र सेतो कमेरोले घर लिप्ने–पोत्ने जस्ता काम हुने हुँदा यस समयमा सबै जना ब्यस्त पनि हुन्थ्यौं ।
त्यति मात्र कहाँ होर दशैका बेला छर छिमेकमा प्रतिस्पर्धा नै चल्थ्यो । कसको घर राम्रो र सुन्दर बन्ने भनेर । दिनभर लागेर कुलुङको वडा नं.–६ त्यालुङ भन्ने ठाउँमा पुग्ने गर्दथे । भोक, तिर्खा थकाई केही नभनी कमेरो लिन जान्थे । अनि कुलुङको अग्राखे भने ठाउँ त्यहाँबाट विभिन्न थरीका रङ्ग माटो अर्थात सात, आठ थरी भन्दा धेरै रङ्गिन कमेरो ल्याउथे र घर रङ्गाउने गर्थे ।
- खरले छाएको झुप्रो घरको पालि मुनिको बलोमा नाम्लोको पिङ्ग हालेर मच्चिनुको मज्जा बाबा मम्मीको आँखा छलेर गाउँभरीका साथीहरु भेला भई पालिमा लगाएको पिङ्ग खेल्दा रात परेको पत्तो नै हुँदैन थियो । उता पल्लो घरमा खसी काटेर रक्ति खान बोलाउँद खुसीले मनै प्रफुल्ल हुन्थ्यो । त्यति मात्र कहाँ होर गाउँ घरमा कसको घरमा बनेको छ, ढाट्दै ल्याउने अनि नास्पातिको रुखमा पिङ लागाउने आहा त्यो दिन ।
हाम्रो पहाडको गाउँघरमा मतुवाली परिवारमा घरघरमा जाडरक्सी बनाउने चलन थियो । जसले गर्दा प्रशस्त जाँडरक्सी पाइने अनि गाउँका दाइहरु मातेर हिड्ने गर्थे हल्ला गर्दै त्यो पनि कति रमाइलो लाग्थो । मावली घरमा अलिक बढी दक्षिणा पाइने लोभले ममीसँग हिडेर कुलुङदेखि सङ्खुवासभाको खादबारी माल्टासम्मको टाढाको बाटो जाने गरेको याद छ । पहाडको ठाउँ दुःखमा नै बित्यो मैले देखेको छु । दशैंको दिनमा मीठो त के, खस्रो चामलको भातसमेत खुवाउन सक्ने क्षमता नभएका कति नेपाली परिवार थिए । अझैपनि यो अवस्थामा धेरै ठूलो परिवर्तन भएको छैन ।
आज यो प्रदेशी भुमरीमा बसेर यो बितेको पलको याद गर्नु भन्दा अरु केहि छैन । यहिनै रहे छ प्रदेशको दशै ।