झापा  । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र स्कुटरको पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगरको उपचारको क्रममा विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले मिनीट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।