चारपाने ।
सहारा नेपालले २८ औं बार्षिकोत्सवका अवसरमा दुई वटा बिद्यालयलाई आर्थिक सहयोग गरेको छ भने ह्याविट्याड फर ह्युमानिटी र अन्य ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
बिर्तामोड २ स्थित चारपानेमा केन्द्रिय कार्यालय रहेको संस्थाले शुक्रवार (आज) २८ औं बार्षिकोत्सव तथा वडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरी विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यालयलाई आर्थिक सहयोग गरेर २८ औं वाषिकोत्सव मनाएको हो ।
संस्थाले विशेष कक्षा सञ्चालन गर्ने दुई वटा विद्यालयलाई नगद सहयोग गरेको छ । बिर्तामोड ९ मा रहेको गरामनीस्थित दुर्गा मावि र कनकाई ८ मा रहेको हिमाली माविलाई जनही २५ हजार रुपैयाँ सहयोग गरिएको छ ।
त्यस्तै ह्याविट्याड फर ह्युमानिटी एक्सन अगेन्स एसीएफकी नेपालका लागि कन्टी डाइरेक्टर ओजश्वी आचार्य, उत्कृष्ठ कर्मचारी दिपक लेखी, संस्था स्थापनामा संस्थामा आवद्ध सुनिता हास्दालाई सम्मान गरिएको थियो ।

नेपालका ३४ वटा जिल्लामा कार्यसम्पादन गरिसकेको संस्थाले ६६ वटा परियोजना सम्पन्न गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले बताए । जस अन्तरगत जलवायु परिर्वतन, सामुदायिक स्वास्थ्य तथा सरसफाई, विपन्न वर्गलाई आवास, स्वरोजगार तथा उद्यमशीलता, जिविकोपार्जन, सौर्य उर्जा, सरकारसँग साझेदारी, वित्तीय पहुँच, संस्थागत विकासका लागि सामाजिक व्यवसाय, कृषिको दिगो विकास लगायतका योजनाहरुमा रहेर ६६ वटा परियोजना सम्पन्न गरिसकेको सचिव गिरीले जानकारी दिएका छन् ।
सचिव गिरीका अनुसार संस्थाले बिपन्नका लागि ४ हजार वढी घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । त्यस्तै ५० वटा झोलुङ्गे पुल निर्माण, १० वटा खानेपानी आयोजना निर्माण गरिसकेको र बाँसलाई बजारीकरण गरिरहेको सचिव गिरीले बताए । ५०५१ साल कार्तिक ५ गते स्थापना भएको संस्था सहारा नेपाल र सहारा नेपाल साकोस छुट्टाछुट्टै भएको पनि सचिव गिरीले स्पष्ट पारे ।
संस्थाका अध्यक्ष भरत गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका कोषाध्यक्ष श्यामकुमार प्रधानले गरेको कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम व्यवस्थापक मातृका सुवेदीले गरेका थिए ।
यसैबीच संस्थाले वडा दशैंको अवसरमा शुभकामना आदन–प्रदानसमेत गरेको थियो । कार्यक्रममा सहारा साकोस शिक्षा सदनका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रमकाबिच संस्थाको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गरिएको थियो । निर्वाचन समिति संयोजक दिपेन्द्र भट्टाईले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि बस्नेत, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईलगायले शुभकामना मन्तव्य राखेका थिए ।


















