झापा ।
झापाबाट प्रतिबन्धित लागू औषधसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले विशेष सुचनाको विशेष बिहीवार ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।
झापाको दमक नगरपालिका वडा नम्बर ५ स्थित सुकुम्बासी टोलबाट दमक–५ का २४ बर्षिय समिर गजमेरको घर कोठाभित्र रहेका गजमेर, दमक– ६ का २९ बर्षिय रोशल बुढाथोकी, दमक–५ का २४ बर्षिय रोशन माझी र इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ का २३ बर्षिय सागर लिम्बुलाई पक्राउ गरेको हो ।
शंका लागेर चेकजाच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम फेला परेकोले चारै जनालाई नै नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















