बिराटनगर ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी कार्यालय प्रमुखहरुलाई भर्चवल माध्यमद्धारा निर्देशन दिएका छन् ।
निर्देशनको क्रममा उनले प्रहरी ब्याटनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई बिशेष धन्यवाद दिदैकोशी प्रदेश कार्यालय तथा अन्तरगत रहेका कार्यालयहरुले गरेको कार्यालय ब्यवस्थापन, सौन्दर्यकरण तथा प्रणालीगत सुधारका साथै बिबिध सचेतना मुलक कार्यक्रमको प्रशंसा गर्न योग्य रहेको बताएका छन् । उनले आगामी दिनमा समेत यस्ता क्रियाकलापमा निरन्तर रुपमा लागि पर्न प्रेरित गरेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत आउँदै गरेको नेपालीहरुको महान चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिबिधी लगायत बिभिन्न अपराधिक घटनाहरुलाई निरुत्साहित गर्न सुरक्षा योजना बमोजिम प्रहरी परिचालन गरी शान्ति सु–ब्यवस्था कायम गर्न निर्देशन दिएका छन् ।
उनले चाडपर्वको समयमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सरोकारवाला निकायहरुसँग समन्वय गरी बजार अनुगमन गर्ने ब्यवस्था मिलाउन, भन्सार छली तथा चोरी निकासी पैठारी नियन्त्रण र पटकाजन्य बस्तुको ओसारपसार नियन्त्रणमा बिशेष ध्यान दिनका साथै सवारी दुर्घटना न्युनिकरणका लागि सवारी चेकजाँचमा कडाई गर्न ट्राफिक र जनपद प्रहरीको संयुक्त जनशक्ति परिचालन गरी चेकजाँचलाई थप मर्यादित र ब्यवस्थित बनाउन समेत निर्देशन दिएका छन् ।


















