झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं. ७ जोरसिमलस्थित पूर्व पश्चिम राजमार्गबाट अवैध काठ र ट्याक्टरसहित चालकलाई नियन्त्रण गरिएको छ । 

 ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी नायव उपरीक्षक दिपक भारतीको टोलीले  पूर्वबाट पश्चिमतर्फ जादैं गरेको प्रदेश  १ –०१–००१ त ८९४७ नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा अवैध रुपमा लोड भएको चिलाउने जातको गोलिया काठ १४० थान, अन्दाजी .२१० क्यु– फिट फेला परेको थियो । 

अबैध रुपमा ल्याउँदै गरेको काठसहित ट्याक्टर, र ट्याक्टर चालक मेचीनगर नगरपालिका वडा नं. ३ २८ बर्षिय डिकविर प्रधान समेतलाई  नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।