सोलु।
सोलुखुम्वुको खुम्वुपासाङ गाउँपालिका ४ स्थित लुबुचेमा खाध्यान्न बोकेको हेलिकप्टर दुर्घटना भएको छ ।
आज बिहान ७ बजेर ११ मिनेटमा लुक्ला हेलिप्याडबाट खाधन्नको सामग्री बोकेर लुवुचेतर्फ उडेको मनाङ एयरको 9N-ANJ हेलिकप्टर ०७ः२५ बजेको समयमा दुर्घटना भएको हो ।
हेलीकप्टर दुर्घटना भएको र चालक काठमाडौ महानगरपालिका–५ टंगालका ५४ बर्षीय प्रकाश सेढाई घाईते भएका छन् ।
घाईते उनलाई उद्दार गरी फिष्टेल एयरको हेलीद्वारा उपचारको लागि ह्याम्स हस्पिटल काठमाडौंको लागेको भन्ने खवर तत्कालै बिमान सुरक्षा गार्ड लुक्लामा जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी दिङवुचेबाट उद्धारको लागि प्रहरी टोली खटिको प्रहरीले जनाएको छ ।


















