झापा ।

चाडपर्वलाई लक्षित गर्दैै लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीले पूर्वी नाका काँकरभिट्टामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको  ‘ब्सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत सिमावर्ती क्षेत्रबाट हुन सक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि दुई वटा तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मेचीनगर–६ स्थित नेपाल भारत सीमाना काँकरभिट्टामा प्रहरीले कुकुरसहित चेकजाँचसमेत शुरु गरेको छ ।   चाडपर्व भरी नाकामा हुने चेकजाँचमा कुकुर परिचालन गरिने प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीको टोलीले कुकरसहित नाकामा सुरक्षा सतर्कता बढाएको छ ।