झापा । 

झापाबाट लागू औषध मुद्दामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको मिति २०७९/११/१५ गतेको फैसला अनुसार लागू औषध मुद्दामा फरार रहेका झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ का ३० बर्षिय सोमबहादुर राई पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले प्रतिवादी राईलाई सोमवार पक्राउ गरी मंगलबार फैसला कार्यान्वयन गर्न अदालतमा उपस्थिति गराएको हो । 

प्रतिवादी राईलाई ४ महिना कैद, १२ हजार रुपैयाँ जरिवाना र पिडित राहत कोषमा ४८० रुपैयाँ  क्षतिपुर्ति शुल्क जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका थिए । प्रतिवादी राईलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।