झापा ।
झापाको भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाबाट प्रतिबन्धित लागू औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का १९ बर्षिय अनुज राजबंशी र इलाम नगरपालिका वडा नम्बर ९ गोलबस्तीका १८ बर्षिय रोहन खवास रहेका छन् । उनीलाई आइतवार प्रहरीले पक्राउ गरेको हो ।
भद्रपुर–५ स्थित मेचीपुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकललाई प्रहरी बिट मेचीपुलको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा मोटरसाइकल चालक राजबंशीले लगाएको अण्डरवेयर भित्र लुकाई छिपाई ल्याउदैं गरेको ब्राउन सुगर १ ग्राम २३० मिलिग्राम फेला परेको थियो । ब्राउन सुगरसहित नियन्त्रण गरिएका उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर–६ मा भारतबाट नेपालतर्फ आउँदै गरेका खवासलाई शंका लागेर चेकजाँज गर्दा मलद्धार भित्र लुकाई ल्याउदैं गरेको प्रतिबन्धित लागु औषध खैरो हेरोइन ४ ग्राम ५०० मिलिग्राम फेला पारेको थियो । खैरो हेरोइनसहित नियन्त्रण गरिएका खवासलाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।