काठमाडौं ।
इजरायलमा हमास विद्रोही समूहको आक्रमणपछि सरकारी फौजले गरेको प्रतिकारमा कम्तिमा पनि २ सय ३२ जनाको मृत्यु भएको छ। दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ।
हमासको आक्रमणको जवाफमा इजरेलले पनि गाजामा प्यालेस्टिनी क्षेत्रहरूमा आक्रमण गरेको छ। शनिवार बिहान हमासका लडाकुहरू गाजामा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए। प्यालेस्टिनी लडाकुहरूले इजरेलका सैनिकहरू सहित दर्जनौँ इजरेलीहरूलाई नियन्त्रणमा लिएर बन्धक बनाएको अधिकारीहरूले बताएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरेल ‘युद्धमा रहेको’ र गाजाको शासक हमासले उसले कहिल्यै नसोचेको मूल्य चुकाउनु पर्नेू बताएका छन्। अहिले इजरेलका दर्जनौँ लडाकु विमानहरूले गाजास्थित हमासका लडाकुहरू रहेको क्षेत्रमा हवाई हमला गरिरहेका छन्। आक्रमणमा परेर कम्तीमा एक जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
मर्नेको संख्या बढ्ने क्रम जारी रहेको छ । त्यस्तै नेपालीका लागि इजरायल वैदेशिक रोजगारका लागि आकर्षक गन्तव्य मानिन्छ । इजरायलमा नेपालीहरु रोजगार र अध्ययनका लागि जाने गर्छन् । शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा एकसाथ सयौं रकेट आक्रमण गरेको थियो ।
आक्रमणमा परी शनिबार साँझसम्म ९ जना नेपाली घाइते भएको गैर आवासीय नेपाली संघ इजरायलले बताएको छ । उनीहरू दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा अध्ययनका लागि गएका थिए । अन्य १४ जना नेपाली विद्यार्थीहरू भिडन्त भइरहेको क्षेत्रमा रहेको र उनीहरूलाई सुरक्षित स्थानमा लैजान समस्या रहेको बताइएको छ ।