- रन्जित परियार
बुट्टाबारी ।
स्वच्छ समाजका लागि सामाजिक अभियानले सामाजिक ब्यक्तित्व शेरबहादुर थापालाई सम्मान गरेको छ । हालै सम्पन्न कनकाई धाम धार्मिक बिकास संस्था कोटिहोम सुरुङ्गाको अध्यक्ष पदमा बहुमतका साथ निर्वाचित भएका थापालाई एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
अभियानका पनि बरिष्ठ उपाध्यक्ष रहेका थापालाई सफल कार्यकालको शुभकामनासहित शनिवार सम्मान गरिएको हो । समय समयमा हुने बिपतमा खुलेर सहयोग गर्ने थापा एउटा कुसल निर्माण ब्यवसायी हुन् ।
उनी राजनीतिबाट सन्यास लिएर स्वतन्त्र रुपमा सेवा गर्न रुचाउने ब्यक्तित्व भन्दै अतिथि सल्लाहकार जगतबहादुर मगर, महासचिव मोहन योगी, रोशन कन्दङ्गवा, सुनिता धिमाललगायतले सफल कार्यकालको शुभकामनासमेत दिएका थिए ।
सामाजिक अभियन्ता गणेश ढुंगानाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण सचिब अभिचन्द्र बास्कोटाले गरेका थिए ।