सुरुङ्गा ।
झापाको शिवसताक्षी नगरपालिकास्थित माइधारमा शुक्रवार (आज) बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत माइधारमा भएको दुर्घटनामा स्कुटरमा सवार तीन जना गम्भिर घाइते भएका थिए । घाइते मध्ये एक जनाको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । तीनै जना पुरुष रहेको बताइएको छ हालसम्म कसैको परिचय खुल्न सकेको छैन् ।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिमतर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ सवारी एक–आपसमा ठक्कर खाँदा स्कुटरमा सवार तीन जना घाइते भएका थिए । उनीहरु कसैको परिचय खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ । र्दुघटना आज बिहान ३ बजेको समयमा भएको जनाइएको छ ।