मानेभञ्ज्याङ । 

कम्व्याक जित निकाल्दै दलसिंङपाडा स्पोर्टस एकाडेमी डुवर्स सातौ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । सिङलिङ स्र्पोटिङ क्लब सिक्किम विरुद्ध ४–३ गोल अन्तरको जित निकाल्दै दलसिंङपाडा अन्तिम ८ मा प्रवेश गरेको हो । पहिलो हाफमा ३–१ गोल अन्तरले पछि रहेको दलसिंङपाडाले दोश्रो हाफमा ३ गोल गरेको थियो ।

खेलमा अग्रता दलसिंङपाडाले लिएको थियो । ८ औ मिनेटमा पोग्बाले पहिलो गोल गरेका थिए । खेलमा पछि परेको अवस्था उल्टयाउँदै १९ औ मिनेटमा रोहितले खेल बराबरी गरे । ३३ औ मिनेटमा पेमाले गोल गर्दै सिङलिङलाई अग्रता दिलाए । ३५ औ मिनेटमा किरणले अग्रता ३–१ बनाए । पहिलो हाफमा बनाएको अग्रता सिङलिङले जोगाउन सकेन् ।

५७ औ मिनेटमा हेमराजले गोल गर्दै अन्तर कम पारे । ६३ मिनेटमा रोशनले खेल बराबरीमा ल्याए । खेल सकिन २ मिनेट बाँकी रहँदा पोग्बाले व्यक्तिगत दोश्रो गोल गर्दै आफ्नो टिमलाई अन्तिम ८ मा प्रवेश गराए । जितसंगै दलसिङले सेमीफाइनल प्रवेशका लागि बिएसके जलपाइगुडीसंग खेल्नेछ । बिएसकेले पानबारी एफसी धरानलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

खेलको म्यान अफ दि म्याच पोग्बा घोषित भए । प्रतियोगिताको चौथो प्रि–क्वाटरफाइनल खेलमा विहिबार जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकत्ता बिच हुनेछ ।

मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङको आयोजनामा जारी प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले ८ लाख रुपैया ९भारतीय ५ लाख० र उपविजेताले ४ लाख ९भारतीय २ लाख ५० हजार ० प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल आगामी अक्टोबर १५ तारिक हुनेछ ।