झापा । 

झापाबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । 

पक्राउ परेका प्रतिवादीहरुलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ पर्नेमा झापा जिल्ला अदालतको मिति २०७९/०८/२९ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा १ महिना कैद पिडित राहत कोषमा २०० जरिवाना दाखिला गर्नु पर्ने फैसला भई फरार रहेका बाह्रदशी गाउँपालिका वडा नं.६ का ४३ बर्षिय डम्बर पाण्डे, झापा जिल्ला अदालतको मिति २०७९/१२/१९ गतेको फैसला र मिति २०८०/०५/०५ गतेको त्रुति सम्सोधन आदेशले चोरी मुद्दामा २ महिना कैद, ५ हजार जरिजवाना र पिडित राहत कोषमा २ सय रुपैयाँ क्षतिपुर्ति शुल्क जम्मा गर्नु पर्ने  फैसला भई फरार रहेका भद्रपुर नगरपालिका वडा नं.९ का २९ बर्षिय बिका राजबंशी  रहेका छन् । 

त्यसैगरी झापा जिल्ला अदालतको मिति २०८०/०१/१३ गतेको फैसला अनुसार तीन वटा चोरी मुद्दामा ८ महिना १० दिन कैद, १५ हजार  जरिवाना र प्रत्येक मुद्दाको पिडित राहत कोषमा २ सय रुपैयाँ  क्षतिपूर्ति शुल्क दाखिला गर्नु पर्ने सजाय फैसला भई फरार रहेका भद्रपुर नगरपालिका वडा नं.५ का २३ बर्षिय बिशाल भन्ने अमित राजबंशी रहेका छन् ।