झापा ।
मुद्दा मिलाई दिने बहानामा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित नियन्त्रण गरिएका तीन जनालाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा झापाको दमक नगरपालिका वडा नम्बर ५ क्याम्पस मोड का ३८ बर्षिय शिवनारायण सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
गत साउन २६ गते अन्दाजी ११ ः३० बजेको समयमा झापाको दमक नगरपालिका वडा नं.२ वाट नियन्त्रण गरिएका २७ बर्षिय तिलकराम खवासको कोठाबाट दिपक साह, रेशम गौतम र तिलकराम खवास समेतलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएर अदालतबाट म्याद थप लिई अनुसन्धान भईरहेको थियो । प्रतिवादी दिपक साहको आफन्तलाई मुद्दा मिलाई दिन्छु भनेर जिल्ला सिंहले एक लाख रुपैयाँ लिएको ईलाका प्रहरी कार्यालय दमकमा पिडित पक्षले जानकारी गराएका थिए ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार दमक बजारबाट नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।