बिर्तामोड । 

झापाको बिर्तामोडमा सञ्चालित पिके फाइनान्सियल एकाडेमी प्रालिले चार्टर्ड एकाउन्टेन्ट अध्यापन गराउदै आएको छ । पिकेले बिर्तामोडमा चार्टर्ड एकाउन्टेन्ट (सिए) र एशोसियशन अफ चार्टर्ड सर्टिफाईट एकाउन्टेन्ट  (एसिसिए) सम्बन्धी विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको छ ।

एकाडेमीमा अध्ययन गर्ने विद्यार्थीले वित्तिय परिक्षण, अनुसन्धान, लेखा आउटसोर्सिङ प्रत्यक्ष तथा अप्रत्यक्ष कर, स्थिर सम्पत्ती प्रमाणीकरण बिदेशी बिनिमय ब्यवस्थापन कार्य साथै अन्य बित्तिय ब्यवस्थापन कार्यहरु गर्न सक्ने सोमबार(आज) बिर्तामोडमा पत्रकार भेटघाट गरि जानकारी दिइएको हो । 

दुई वर्षअघि स्थापना भएको एकाडमीले एक वर्ष अघिदेखि विद्यार्थीहरुलाई एसीसीए र सिए अध्ययन गराउन थालेको प्रालिका अध्यक्ष गंगाराम बस्नेतले जानकारी दिए । उनका अनुसार एसिसिए कोर्ष अन्तरगत तिन वटा समूहमा अध्ययन गराएर १३ वटा विषय मध्ये ४ वटा विषय ३० जना विद्यार्थी पासआउट भइसकेका छन् । उनले एकाडेमीमा अध्ययनरत बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोसमेत बताए ।  एकाडमीले नयाँ विद्यार्थीलाई दशैअघि अभिमूखीकरण शिक्षा दिएर दशै सकिना साथ कक्षा सञ्चालन गर्ने बताइएको छ ।

pk

प्रालिका प्रवन्धक निर्देशक प्रज्वल अधिकारीले उक्त एकाडमीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका १ सय ८१ वटा देशमा गएर एसिसिए विषय सम्बन्धी अध्ययन गर्न पाउने अनुमति आइक्यानले प्रदान गरेको बताए । पिके एकाडेमी बिर्तामोडमा सञ्चालनसँगै सिए तथा एसिसिए अध्ययनका लागि विदेश तथा काठमाडौं जानुपर्ने विद्यार्थीको लागि झन्झटिलो प्रक्रिया कम हुदै गएको प्रवन्धक निर्देशक अधिकारीले बताए ।

पिके एकाडेमी पूर्वी नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न चार्टर्ड  एकाउन्टेनहरु मिलेर सञ्चालन गरेको शैक्षिक संस्था भएको अध्यक्ष बस्नेतले बताए ।  संस्थाको मुख्य उदेश्य  एसिसिएको क्षेत्रमा आफ्नो भविश्य निर्माण गर्ने विद्यार्थीहरुको लागि पायक पर्ने स्थान बिर्तामोडमा सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले मान्यता प्राप्त लेखा व्यवसायी उत्पादन गर्नुका साथै जागिर गर्न मान्यता प्राप्त डिग्री उपलब्ध गराउने प्रवन्ध निर्देशक अधिकारीले बताए ।एसिसिए विषय विद्यार्थीले ४ वर्षमा पुरा गरिसक्ने र विषय अध्ययनका लागि करिव ६ देखि ७ लाख रुपैँयाँ खर्च लाग्ने उक्त एकाडेमीका अध्यक्ष बस्नतेले बताए । उक्त एकाडेमीमा  अध्ययनरत विद्यार्थी सागर ढुङ्गानाले  इन्र्टनसिप वापत मासिक १० हजार रुपैयाँसम्म कमाई गरिरहेको बताए ।