झापा । 

झापाबाट चोरी भएको मोटरसाईकलसहित दुई जना पक्राउ परेका छन् ।  झापाको भद्रपुर नगरपालिका वडा नम्बर ४ स्थित तारानगर स्थितमा प्रहरी चौकी महेशपुर झापाको प्रहरी टोलीले मे.११ प.४३०७ नं.को सेतो कालो रङको एफजेट  मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा  झापा साबिक चकचकी–८ हाल बाह्रदशी गाउँपालिका वडा नं.२ का ३५ बर्षिय जफिर आलम र भारत बिहार किसनगञ्ज जिल्ला शकिन तोतुलगुडी रुईधासा का २९ बर्षिय मो.जुबेर समेतले मोटरसाईकल डो¥याउँदै लैजाँदै गरेको अस्थामा फेला पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीलाई शंका लागेर नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाईकल सोमवार (आज) बिहान ४ बजे ईलाम देउमाई नगरपालिका वडा नं.३ घर भई हाल झापा बिर्तामोड नगरपालिका वडा नं.४ मेघावारीमा डेरा गरी बस्ने २० बर्षिय को निश्चल राईको डेरा कोठाबाट उनीहरुले चोरी गरी लगेको खुल्न आएको प्रहरीले बताएको छ । 

उनीहरुलाई वडा प्रहरी कार्यालय भद्रपुर झापामा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।